काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीच भएको वार्ता विना निष्कर्ष सकिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुवै दलका शीर्ष नेताहरु आ-आफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय नभएको छलफलमा सहभागी एक नेताले जन प्रहार डटकमलाई बताएका छन् ।
बैठकमा सहभागी कांग्रेस नेता तथा सुचना सञ्चार प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताएका छन् ।
