Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आउँदो चुनावमा चितवनबाट उम्मेदवारी दिने बादलको चाहना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १४ २०७८
  • 3.7K
    SHARES

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बएताका छन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा उनले पार्टीले टिकट दिए चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् ।

‘आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठछु, संविधान सभाको निर्वाचनमा पनि त्यहीँबाटै विजयी भएको थिएँ’ सुर्खेत विमान स्थलमा पत्रकारहरुसंग बादलले भने ।

नेता बादलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आफ्नो दलले प्रस्ट धारणा बनाइ नसकेको बताए । एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई समाधामुखले मान्यता नदिएसम्म आफूहरु संसदीय काम कारबाहीमा सहभागी नहुने उनको भनाइ छ ।

सो माग पूरा भएपछि मात्र पार्टीले एमसीसीबारेमा ठोस र आधिकारिक धारणा बनाउने बादलले बताए । ‘सभामुखले सूचना टाँस गर्नुभएको छैन, त्यसैले उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्छ’ उनले भने । सत्तारुढ नेपाली काँग्रेससँग सहकार्य गर्ने कुनैपनि सहमति नभएको पनि बादलले बताए ।

एमाले कर्णाली प्रदेशमा आयोजना गरेको निर्वाचन सम्बन्ध अभिमुखीकरण कार्यक्रममा सहभागी हुन उपाध्यक्ष बादल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता विष्णु रिजाल, निरज आचार्यलगायत नेताहरु सुर्खेत आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४