Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसविरुद्ध लड्न युक्रेनले बाँड्यो गोला बारुदसहितका १८ हजार बन्दुक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १३ २०७८
  • 2.5K
    SHARES

एजेन्सी । युक्रेनले रुसविरुद्ध लड्नका लागि आफ्ना नागरिकलाई १८ हजार बन्दुक वितरण गरेको छ ।

बिहीबार विहानदेखि सुरु भएदेखि अहिलेसम्म राजधानी कीभ क्षेत्रमा मात्रै गोला बारुदसहितका १८ हजार बन्दुक वितरण गरिएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।एक संयुक्त विज्ञप्तिमा, रक्षा मन्त्री ओलेक्सी रेज्निकोभ र सशस्त्र बलका कर्मचारी प्रमुख भलेरी जालुज्नीले थप हतियार आउँदै गरेको बताएका छन् ।

‘चाँडै नै हामीले हाम्रा साझेदारहरूबाट आधुनिक हतियार र अन्य स्रोतहरू सहित थप समर्थन प्राप्त गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ ।

बिहीबार मात्र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामान्य सैन्य परिचालनको आदेश दिएका थिए । सोही अनुरुप १८ देखि ६० वर्षसम्मका सबै पुरुष नागरिकलाई देश छाड्न प्रतिबन्ध लगाइएको राज्य सीमा सुरक्षा सेवाले जनाएको छ ।

यस्तै युक्रेनी सेनाका प्रमुखले बिहीबार मात्रै एक विज्ञप्ति जारी गर्दै पासपोर्ट र पहिचान नम्बर लिएर सेनामा भर्ति हुन आह्वान गरेका छन् । उनले भर्तिका लागि उमेरको कुनै हद नहुने समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४