काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले सत्ता गठबन्धनको भविष्यको बारेमा रातिसम्म टुंगो लाग्ने बताउनुभएको छ ।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य विश्वकर्माले सत्ता गठबन्धनको भविष्य नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को हातमा रहेको बताउनुभयो ।
गठबन्धनको भविष्य भोलि होइन, आजै रातिसम्म टुंगो लाग्छ ! उहाँले भन्नुभयो ! उहाँहरूले एमसीसीको पक्षमा आउँछौं भनेर विज्ञप्ति निकालेको खण्डमा सत्ता गठबन्धन कायम रहन्छ, होइन भने गठबन्धन टुट्छ , नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले भने ।
एमसीसीको विषयमा सहमति जुट्न नसकेपछि बिहीबार तोकिएको प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।
