Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुलुक अनिर्णयको बन्दी भयो, गठबन्धन छिटो भत्किनुपर्छ : योगेश भट्टराई


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १२ २०७८
  • 7.2K
    SHARES

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भन्दै छिटो भत्किनुपर्ने बताएका छन् ।

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले गठबन्धन भत्किनु अनिवार्य भएको बताए । ‘यो गठबन्धन भत्किनु अनिवार्य छ, गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी भइरहन्छ । त्यसैले यो छिटो भत्किनुपर्छ’ उनले भने ।

अहिले सत्ता गठबन्धनभित्र देखिएको संकटलाई राष्ट्रिय संकटको रुपमा देखाइएको र मुलुकलाई भूराजनीतिक चलखेलको केन्द्र बनाइएको भट्टराईले टिप्पणी गरे ।

अहिले गुटको संकट ल्याएर पार्टीमा थुपार्ने र पार्टीको संकट ल्याएर गठबन्धनमा थुपार्ने, अनि गठबन्धनको संकटलाई राष्ट्रिय संकटको रुपमा खडा गरेर नेपाललाई भूराजनीतिक चलखेल अखडा बनाइएको छ’ उनले भने ।

भट्टराईले अघि भने, ‘यो सत्ता गठबन्धनको असफलता हो, यसले मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गरेको छ । मुलुकको अन्तर्राष्ट्रिय छवि धमिलो भएको छ । यसको गठबन्धनले जवाफदेहिता लिनुपर्छ । प्रधानमन्त्रीले लिनुपर्छ ।

प्रमुख विपक्षी दलका सांसद भट्टराईले एमसीसी पारित गर्ने दायित्व सत्तापक्षको भएकाले आफूहरु यस विषयमा अहिले नबोल्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग संवाद गरे पनि आफूहरुले उठाएको कुरा सम्बोधन नगरी खाली चेकमा सही गर्न आग्रह गरेको पनि भट्टराईले बताए । ‘हामीले उठाएका कुरा सम्बोधन नगरी ब्ल्यांक चेक दिनुस् भन्नुभएको छ, एमालेले ब्ल्यांक चेक दिँदैन । ब्ल्याक एण्ड ह्वाइट नै हुनुपर्छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४