Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी–ट्वान्टी वरीयतामा कुशलको २६ स्थान सुधार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ११ २०७८
  • 4K
    SHARES

काठमाडौं । आईसीसी टी–ट्वान्टीे क्रिकेटको नयाँ वरीयतामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेल २६ स्थान माथि उक्लिएका छन् । उनी नयाँ वरीयतामा ३९ औं स्थानमा पुगेका छन् । भुर्तेल यसअघि ६५ औं स्थानमा थिए ।

यस्तै, दिपेन्द्र सिंह ऐरी पनि ५० औं स्थानमा पुगेका छन् । यसअघि उनी ५२ औं स्थानमा थिए । बलिङमा सन्दीप लामिछानेले पनि ठूलो छलाङ मारेका छन् । उनी ६३औं स्थानबाट ४३औं स्थानमा पुगेका छन् ।ओमान भ्रमणमा रहेको नेपाली टिमले चार देशीय र टी–२० विश्वकपको ग्लोबल छनोटमा उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्रले दुई सय ७० रन बनाएका थिए ।

जसका कारण उनको वरीयतामा सुधार भएको हो । उनले युएईविरुद्ध ४१, आयरल्याण्डविरुद्ध २८, फिलिपिन्सविरुद्ध ८३, क्यानडाविरुद्ध २७ र युएईविरुद्ध ३८ रन बनाएका थिए ।

यस्तै कुशलले आयरल्याण्डविरुद्ध १५, ओमानविरुद्ध ५, फिलिपिन्सविरुद्ध १ सय ४ र यूएईविरुद्ध ७ रन बनाएका थिए । कुशल आईसीसीको वरीयताको शीर्ष ४० भित्र पर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

यस्तै अभिनाश बोहराले पनि १२ स्थान सुधार गर्दै ८६ औं स्थानमा पुगेका छन् । तर टिमको वरीयतामा भने दुई स्थान तल झरेर १५औं पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४