Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड भेट्न देउवा खुमलटारमा, निर्णायक वार्ता हुनसक्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ११ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटार पुग्नुभएको छ ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा बुधबार विहानै दाहालनिवास खुमलटार पुग्नुभएको हो ।देउवाले माओवादीसँग आज निर्णायक वार्ता गर्नसक्ने अनुमान गरिएको छ । एमसीसीमा सहयोग नगरे एमालेसँग मिलेर सभामुख फेर्ने र एमसीसी पास गर्नसक्ने आशंका पनि गर्न थालिएको छ ।

यसअघि नै प्रचण्डले आफ्ना मन्त्रीहरुलाई जस्तोसुकै परिस्थिति आउनसक्ने भएकाले तयारी भएर बस्ने बताइसकेको अवस्थामा माओवादी केन्द्रले सरकार छाड्न सक्ने अर्काथरीको विश्लेषण छ ।

यसअघि २०७६ पुस ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार पुगेपछि प्रचण्डले सरकारबाट बाहिरिने निर्णय गरेका थिए । पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै प्रचण्ड र माधवकुमार नेपालले आफ्ना पक्षका मन्त्री फिर्ता बोलाएका थिए । त्यसैले पनि आजको भेटलाई निर्णायक भेटका रुपमा लिइएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिरहेको बेला प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्नका लागि दौडधुप बढाउनुभएको छ । उहाँले मंगलबार बेलुकी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।

भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले पहिले आफूहरूको माग पूरा गर्न भनेका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४