Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ११ २०७८
  • 8.1K
    SHARES

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान निधन भएको कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

गएराति बौद्धबाट घर फर्किनुभएका लामा गाडीबाट झर्ने बेला लड्नुभएको थियो । आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राति गाडीबाट लडेर बेहोस भएपनि परिवारजनले बिहान मात्रै उहाँलाई देखेको बताईएको छ । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।

लामाले २०३० सालमा मनको बाँध चलचित्रबाट पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए ।

वि.सं. २०१३ सालमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा जन्मिनुभएका लामाले लामो समय लोक गीतसंगीतको विधामा अध्ययन तथा अनुसन्धान गर्नुभएको थियो ।

उहाँले गाएका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, सलल पानी, हेर्दामा राम्रो, सुर्तिको ठुटो, मुलाको चानालगायत थुप्रै लोकगीत लोकप्रिय छन् ।

सर्जक तथा स्रष्टाहरुले उहाँको निधनले नेपाली लोकगीत संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । गायनसँगै उहाँ अभिनयमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँले दर्जनौं चलचित्रमा अभिनय गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४