Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ९ २०७८
  • 8.6K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ । जसमध्ये १० हजार ८१९ जना होम आइसोलेसनमा रहेका छन् भने ४६३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १३९ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ५४४ पुगेको छ ।

योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ भने ९ लाख ५२ हजार ५९९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्‍ये काठमाडौंमा ७७, ललितपुरमा ११ र भक्तपुरमा ८ जना कोरोना संक्रमित छन् ।

यस्तै कास्कीमा १५, झापा र मोरङमा १२/१२ जना, सुनसरी र चितवनमा १०/१० जना,   तनहुँमा ७, नुवाकोटमा ६  तथा पाँचथर र बाँकेमा ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलये जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४