Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड–माधवप्रति ओलीको टिप्पणी : आफू मूर्तिझैं बस्ने कार्यकर्तालाई सडकमा पठाउने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ९ २०७८
  • 6K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

एमसीसी संसदमा पेश गर्न सहमति दिएर कार्यकर्तालाई सडकमा उतारेको भन्दै आलोचना गरेका हुन् ।

सोमबार दहचोहस्थित कालु पाँडे समाधिस्थलमा आयोजित कार्यक्रममा ओलीले भने, ‘एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, टेबल गर्ने षड्यन्त्र गर्ने, आफू मूर्तिझैं बस्ने अर्को पाट्टिकालाई नारा लगाउ भन्ने, यताकालाई उठ उठ भन्ने उताकालाई बस बस भन्ने, एकथरीलाई सडकमा जाउ भन्ने एकथरीलाई सदनमा आऊ भन्ने ।’

आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल हुँदा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले संसद भवन बाहिर प्रदर्शन गरेका थिए । संसदभित्र पनि यी दुई दलका कतिपय सांसदले विरोध प्रदर्शन गरेका थिए ।

अध्यक्ष ओलीले आफैं सदनमा र आफैं सडकमा आएको भन्दै सत्तारुढ दलकै कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेको आरोप लगाए ।

‘सरकारमा हुने क्रान्तिकारीहरुले बाटो भत्काएका छन् । ढुंगा हानेका छन्, इँट्टा हानेका छन् प्रहरी छ, कुटाइ खाएर भागेको छ २५ जना मान्छेले ढुंगा हानेको छ, डेढ सय पुलिस भागेको छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४