Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्यानडाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ९ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर फिल्डिङ गरेको नेपालले पावर प्ले (६ ओभर)मा उत्कृष्ट सुरुवात गरेको छ ।

६ ओभरको समाप्तीमा क्यानडाले ३९ रन जोडेको छ भने दुवै ओपनरसहित ४ विकेट गुमाएको छ । खेलको पहिलो ओभरमै कमलसिंह ऐरीले क्यानडाका म्याथ्यु स्पोर्सलाई खाता खोल्नै नादिई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । पाँचौं ओभरमा कमलले नै नवजीत धालिवाललाई १८ रनको स्कोरमा लोकेश बमबाट क्याच आउट गराए ।

छैटौं ओभरमा क्यानडाले २ विकेट गुमायो । अर्का ओपनर रयान पठान १४ रनको स्कोरमा रनआउटको शिकार भए । रन लिने क्रममा रविन्दरपाल सिंहसँग तालमेल नमिल्दा दुवै ब्याट्सम्यान एकै एण्डमा पुगेका थिए । सोही ओभरको छैटौं बलमा अविनाश बोहोराले रविन्दरपाललाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४