Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सातदोबाटोसँग हारेपछि ब्रिगेड ब्वाइज रेलिगेसनमा, फ्रेण्ड्स जोगियो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ९ २०७८
  • 6.2K
    SHARES

काठमाडौं । १२औं चरणको खेलमा सातदोवाटो युथ क्लबसँग ३-२ गोलअन्तरले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब (बीबीसी) जारी शहीद स्मारक ए डिभिजन लिगमा रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको छ ।

दुई टोली घटुवा हुने व्यवस्थाअनुसार च्यासल युथ क्लब यसअघि नै रेलिगेसनमाा परिसकेको छ । सोमबार दशरथ रंगशालमा भएको खेलमा ए डिभिजनको नवप्रवेशी सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धात्मक खेल हारेपछि बीबीसी एक खेल अगावै घटुवा भएको हो ।

यो नतिजाले रेलिगेसन दवावमा रहेको फ्रेण्ड्स क्लब यस सिजन जोगिएको छ । १२ खेलबाट बीबीसीको ७ अंक छ । बीबीसीभन्दा माथि रहेको फ्रेण्ड्सको समान खेलबाट १० अंक छ । अब अन्तिम खेलमा बीबीसीले थ्रीस्टारलाई हराए पनि फ्रेण्ड्सलाई भेट्ने छैन । हेड टु हेडमा बीबीसीभन्दा फ्रेण्ड्स अघि छ ।

 संयोग कस्तो रह्यो भने राष्ट्रिय टिमका दुई पूर्व कप्तान विराज महर्जन र अनिल गुरुङको कप्तानीमा रहेको दुवै क्लब एकै सिजन रलिगेसनमा परेका छन् ।

खेलको १३ मिनेट मान बहादुर तामाङको पासमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए । तर अग्रता लामो समय टिकेन । खेलको १६ मिनेटमा बरट्रान्ट ईबोड ओटोउले बीबीसीका लागि बराबरी गोल फर्काए ।

त्यसको एक मिनेट नवित्दै दीपकराज सिंह ठकुरीले अजयी मार्टिन्सको पासमा गोल गर्दै सातदोबाटोलाई फेरि अग्रता दिलाए । पहिलो हाफमा सातदोबाटोले २–१ को अग्रता कायम राख्यो ।

दोस्रो हाफको सुरुवात देखि बीबीसीले बलमा पकड बनाउँदै पोष्टमा आक्रमण गर्न सुरु गर्‍यो ।

५१ मिनेट रोशन रानामगरले बराबरी गोल फर्काए । दोर्जे तामाङको हेडर सातदोबाटोका गोलकिपर अभिषेक बरालले पूर्ण रुपमा क्लियर गर्न नसक्दा रोसनले गोल गरेका हुन् । त्यसपछि पनि रोशनले दुई अवसर गुमाए ।

दोस्रो हाफमा खासै मुभ बनाउन नसकेपनि निरज चौधरीले ८७ मिनेटमा गोल गर्दै सातदोबाटोलाई ३–२ को जित निश्चित गरे ।

प्रिसिजनमा प्राप्त नतिजाले ब्रिगेड उत्साहित थियो । लिगमा पनि राम्रो पोजिसन हात पार्ने लक्ष्य राखेको थियो ।

सुरुवाती खेलहरुमा ब्रिगेडको नतिजा सन्तोषजनक नै थियो । पहिलो खेलमा एपीएफमाथि ३-२ गोलअन्तरको रामाञ्चक जित निकालेको बीबीसीले त्यसपछि एनआरटी र जावालखेललाई गोरहित बराबरीमा रोकेको थियो । सुरुको चार चरणमा आर्मीसँग मात्र (१-० गोलअन्तर) पराजित भएको ब्रिगेडले ४ खेलबाट ५ अंक जोडेको थियो । तर, त्यसपछिको ७ खेलमा जम्मा २ अंक मात्र जोड्न सक्यो ।

खेलपछिको पत्रकार सम्मेलनमा बीबीसीका प्रशिक्षक सनोज श्रेष्ठले उत्कृष्ट प्रदर्शनका बाबजुद रेलिगेसन जोगाउन नसकिएकोमा दुःख व्यक्त गरे । आक्रामक रणनीति लिँदा रक्षात्मक पक्ष कमजोर भएकाले गोल खान पुगेको बताए ।

उनले आर्थिक कारणले राम्रा खेलाडीहरु भित्र्याउन नसक्नु नै रेलिगेसनमा पर्नुको मुख्य कारण रहेको बताए । ‘नियमित रुपमा राम्रो प्रदर्शन गर्न सकेनौं, सुरुवातमा राम्रो खेले पनि बीचमा लय विग्रियो,’ उनले भने ।

सातदोवाटोका प्रशिक्षक मेघराज केसीले सातदोवाटोसँग हारेर बीबीसी रेलिगेसनमा परेकोमा दुःख लागेको बताए । ‘म आफैंले खेलेर बीबीसीलाई ए डिभिजनमा ल्याएका थियौं । अहिले आफैंले प्रशिक्षण गरेको टिमसँग हारेर रेलिगेसनमा पर्दा खल्लो लागेको छ,’ केसीले खेलपछिको पत्रकार सम्मेलनमा भने ।

बीबीसीको नतिजा

ब्रिगेड ३–२ एपीएफ

एनआरटी ०–० ब्रिगेड

ब्रिगेड ०–१ आर्मी

जावलाखेल ०–० ब्रिगेड

हिमालयन शेर्पा ३–१ ब्रिगेड

संकटा ३–० ब्रिगेड

मनाङ १–० ब्रिगेड

पुलिस १–१ ब्रिगेड

मछिन्द्र ४–० ब्रिगेड

फ्रेण्ड्स ५–२ ब्रिगेड

ब्रिगेड ०–० च्यासल

ब्रिगेड २–३ सातदोबाटो

बाँकी खेल

ब्रिगेड भर्सेस थ्रीस्टार

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४