Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२ वर्षपछि अन्तर्राष्ट्रियमा यात्रुका लागि प्रवेशमा सहज


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ९ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । कोरोना संक्रमण बढेसँगै यात्रा प्रतिबन्ध लगाएको अस्ट्रेलियाले दुई वर्षपछि प्रवेश अनुमति दिने भएकोछ ।

कोरोना भाइरस विरुद्धको पूर्णमात्रा खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिनेभएको हो । अस्ट्रेलिया सरकारको यो निर्णयसँगै साेमबार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ ।

पूर्णरूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुका लागि भने अझै यात्रासम्बन्धी वैध छुटको आवश्यकता पर्ने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । कोरोनाभाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले यात्रा प्रतिबन्धमा निकै कडा नियम लागू गरेकोथियो।अस्ट्रलियाको पछिल्लो निर्णयसँगै खोपको पूर्णमात्रा लगाएका यात्रु क्वारन्टीनमा बस्नुपर्ने छैन ।

तर खोप नलगाएका यात्रुले भने आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नु पर्नेछ । मार्च ३ तारिखसम्म बन्द रहेको र खोपको बुस्टर मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको वेस्टर्न अस्ट्रेलियाबाहेक यात्रुहरू सबै राज्यमा जान पाउने बताइएको छ ।अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताएका छन् ।

सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटक पुगेकाथिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४