Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंको यातायात आवागमन अस्तव्यस्त


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ८ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एमसीसीको विरोधमा प्रदर्शन भएपछि यातायात आवागमन अस्तव्यस्त भएको छ । तिनकुने–माइतीघर सडकखण्डमा सवारी साधन सन्चालनमा रोक लगाइएपछि यातायात आवागमन अस्तव्यस्त भएको हो ।

काठमाडौंको नयाँ बानेश्वरमा सडकमै मानिसहरु भेला भएर प्रदर्शन जारी राखेकाले सवारी साधनलाई बिभिन्न स्थानबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नयाँबानेश्वरतर्फ जाने–आउने सवारी साधनलाई गैरीगाउँ, तिनकुने, पुरानो बानेश्वर, माइतिघर, न्युप्लाजा, भद्रकालीबाट ड्राइभर्सन गरिएको छ । नयाँ बानेश्वर भएर यात्रा गर्ने सम्पूर्ण सवारी चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

महाशाखाले सवारी साधनका चालकहरुलाई करिडोर र चक्रपथको सडक प्रयोग गर्न सुझाएको छ । डाइभर्सनका कारण उपत्यकाको माइतीघर, सिंहदरबार, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर र कोटेश्वर चोकमा सवारी साधन क्यूमा चलिरहेका छन् । क्यू रहेको स्थानमा सवारी आवागमन सहज बनाउने प्रयास भइरहेको महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बानेश्वर सडक अत्यावश्यक बाहेकका लागि बन्द गरिएको छ । पूर्वमा तिनकुने र पश्चिममा माइतीघर बीच भागमा पर्ने बबरमहल–बानेश्वर सडक सवारीसाधनका लागि बन्द गरिएको हो । पैदयात्रीहरुलाई भने प्रहरी रोकेको छैन ।

मिनभवन क्याम्पस गेट, नयाँबानेश्वरको पानीट्यांकी, एभरेष्ट होटल आसपासका क्षेत्रलाई भने निषेधित क्षेत्र तोकेर प्रहरीले विरोध प्रदर्शन नगर्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४