Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले फिलिपिन्सविरुद्ध ब्याटिङ गर्दै, गुलशनको डेब्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ७ २०७८
  • 5.5K
    SHARES

 काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले अहिले फिलिपिन्ससँग खेल्दैछ । टस हारेपछि नेपालले ब्याटिङ फिलिपिन्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।

पहिलो खेलमा शुक्रबार ओमानलाई ३९ रनले हराएको नेपाल लगातार दोस्रो जितका लागि खेलिरहेको छ । खेल ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा भइरहेको छ ।

आज नेपालले फिलिपिन्सविरुद्धको खेलमा दुई जना खेलाडी परिवर्तन गरेको छ ।

कमल सिंह ऐरी र विवेक यादवको स्थानमा कुशल मल्ल र गुलशन झा पहिलो रोजाइमा परेका छन् । गुलशनले आजकै खेलबाट टी-२० आईमा डेब्यु गरेका हुन् ।

ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले भने शुक्रबार भएको आफ्नो पहिले खेलमा क्यानडासँग ११८ रनको फराकिलो हार ब्यहोरेको थियो ।

फिलिपिन्सलाई हराउन सकेमा नेपालले सेमिफाइनल यात्रा लगभग निश्चित गर्नेछ । नेपाल र फिलिपिन्सबीच खेल भएकै समयमा यही समूहका क्यानडा र ओमानबीच पनि खेल हुनेछ ।

नेपाल र क्यानाडाले आआफ्नो खेलमा आफू अनुकूल नतिजा निकालेका अवस्थामा यो समूहबाट सेमिफाइनलमा पुग्ने टोलीको टुंगो आजै लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४