Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले भने- हामी स्वतन्त्र देशका सार्वभौम नागरिक, अब सबै मिलेर देश समृद्ध बनाऔं


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ७ २०७८
  • 4.4K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । यो काममा सबैको सकारात्मक सहयोग आवश्यक रहेको उनले बताए ।

७२ औं प्रजातन्त्र दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘वर्तमान सरकार, प्रतिपक्ष दल, नागरिक समाज, निजी तथा सहकारी क्षेत्र, दातृ निकाय सबैको प्रयासमा मुलुकलाई समृद्ध र सुशासनको मार्गमा अघि बढाउन प्रतिबद्ध छ ।

प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र संघीय तहको चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा पनि जोड दिए ।

२००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली लागू भएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले अब यसलाई संस्थागत गर्दै समतामुलक समाजको निर्माण गर्ने राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने बताए ।

 शहीदका सपना पूरा गर्ने र हाम्रा पुर्खाले देख्न चाहेको नेपाल बनाउने जिम्मेवारी हाम्रै काँधमा छ । शहीदले परिकल्पना गरेअनुसार सुन्दर नेपाल समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षाबाट जतिसक्दो चाँडो मुक्ति दिलाई सबै किसिमका राजनीतिक स्वतन्त्रता र आर्थिक सामाजिक अधिकार उपभोग गरी समतामुलक समाजको निर्माण गर्नु हाम्रो राष्ट्रिय दायित्व हो,’ उनले भने ।

२००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ साल, २०६२/६३ को जनआन्दोलन लगायतका कारण राजनीतिक रुपमा देशले ठूलो फड्को मारेको र हामी स्वतन्त्र देशको सम्मानित सार्वभौम नागरिक भएको स्मरण पनि उनले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४