Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्यानडामा ट्रकचालकको आन्दोलन दवाउन नयाँ ऐन जारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ३ २०७८
  • 5K
    SHARES

काठमाडौं । क्यानाडा सरकारले खोप विरोधी जनादेशको विरोधमा ट्रक चालकहरुको जारी आन्दोलन दवाउन नयाँ ऐन जारी गरेकाे छ ।

प्रधानमन्त्री जस्टिन ट्रुडोले आन्दोलनमा सहभागीहरुको बैंक खाता रोक्का गर्ने आपतकालिन ऐन लागू गर्न निर्देशन दिनुभएको छ । आपतकालिन ऐन अनुसार अदालतको आदेशबिना बैंकहरूले विरोधमा संलग्न जोसुकैको व्यक्तिगत खाता रोक्का गर्न सक्नेछन् ।

प्रधानमन्त्री ट्रुडोले प्रहरीलाई प्रदर्शनकारीलाई जेल वा जरिवाना गर्न र महत्वपूर्ण पूर्वाधारको सुरक्षा गर्न थप उपकरणहरू दिइने बताउनुभएको छ । उहाँले कानून अस्थायी रूपमा र अत्यधिक विशिष्ट रूपमा लागू हुने जानकारी दिनुभएको हो । यो क्यानाडेलीलाई सुरक्षित राख्ने कदम भएको प्रधानमन्त्री ट्रुडोको भनाइ छ ।

उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्याण्डले सोमबार आयोजित पत्रकार सम्मेलनमा बैंकहरूले अदालतको आदेशको आवश्यकता बिनानै आन्दोलनसँग सम्बन्धित जो कोहीको व्यक्तिगत खाता फ्रिज गर्न सक्ने बताउनुभएको हो ।

उहाँले प्रदर्शनमा संलग्न जो कोहीको सावारी साधन, बीमा पनि निलम्बन गर्न सकिने चेतावनी दिनुभएको छ । आन्दोलन चर्काउनको लागि ह्याकरहरूले क्राउडफन्डिङ प्लेटफर्म मार्फत आन्दोलनकारीलाई चन्दा दिएको सार्वजनिक भए लगत्तै बेलायती सरकारले यस्तो कानून ल्याएको हो ।

यसैबीच, क्यानेडियन सिभिल लिबर्टीज एसोसिएसनले प्रधानमन्त्री ट्रुडोको उक्त कदमको विरोध गरेको छ । प्रधानमन्त्रीको यो कदमले लोकतन्त्र र नागरिक स्वतन्त्रतालाई खतरामा पार्ने चेतावनी दिएका छन् । यता प्रदर्शनकारीहरुले सरकारको कदमबाट नतर्सिने प्रतिक्रिया दिएका छन् ।

आपतकालिन ऐनको आह्वानसँगै क्यानाडाभरि जारी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरेको छ । क्यानडाको राजधानी सहरमा सयौं आन्दाेलनकारीले विरोध प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४