Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीय तह निर्वाचनमा एमाले एक्लै जान्छ : महेश बस्‍नेत


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २५ २०७८
  • 5.9K
    SHARES

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमाले कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्‍दै नेता बस्नेतले स्तथानीय तहको चुनावी मैदानमा एमाले एक्लै जाने बताएका हुन् ।

उनले भने, ‘कुनै पनि खेलको मैदान होस या निर्वाचनको मैदानमा जाने कुरा होस, जुन शक्ति आफ्नो एजेण्डामा क्लियर र विश्वस्त छ, त्यो शक्ति ढुक्कसँग मैदानमा जान्छ । जुन शक्ति कमजोर छ, त्यो मैदानमा जान डराउँछ अनि जलझेल गर्छ। एमाले मात्रै विश्वस्तका साथ निर्वाचनमा एक्लै जान चाहन्छ ।’

उनले मुलुकको राजनीतिक गतिरोध अन्त्यको लागि एमाले सकारात्मक भएको बताउँदै पछिल्लो समय आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवासमा वार्ता गर्ने स्थिति बन्‍नुलाई चित्रण गरे ।

उनले भने–‘राजनीतिक परिस्थितिलाई सहजीकरण गर्ने सन्दर्भमा, एमसीसीमा साझा दृष्टिकोण बनाउने सन्दर्भमा र निर्वाचनलगायतका दायित्वमा एमाले लचिलो छ । एमाले बाधा बन्दैन। एमसीसीको सन्दर्भमा पनि एमालेले आफ्नो धारणा किञ्चित पनि ढिला नगरी राख्छ । तर, सत्तापक्षले पहिला आफ्नो धारणा स्पष्ट पारोस्। सत्तापक्ष जनतामा भ्रम फैलाउने ढंगले नबढोस । एमाले यो मुलुकको उन्नति, प्रगति र संविधान कार्यान्वयनको निम्ति, लोकतान्त्रिक पद्धतिलाई विकास गर्न सहयोगी भूमिका खेल्न लचिलो हुन्छ ।’

उनले एमालेमाथि धेरै अनैतिक काम भएको स्मरण गराए । उनले भने,‘हाम्रो पार्टी फुटाउनको लागि दल विभाजनसम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश ल्याउने काम भयो, एमाले सरकारले सुरुवात गरेका विकास निर्माणका काम अहिले अवरुद्ध भएका छन् । नियुक्तिहरु खारेज भएका छन् । भूमि आयोग भंग भएको छ, खेलकुद परिषद्, युवा कोषलगायतका नियुक्ति सरकारले खारेज गरेको छ ।’

एमालेलाई कमजोर गर्ने षड्यन्त्रमा अहिलेको सरकार लागिपरेको उनको आरोप छ । उनले भने, ‘हामी सबै कुरा सहेरपनि मुलुकलाई निकास दिन लचक छौं । एमालेलाई पेलेर वा च्यापेर पछि लगाउँछु भन्ने नसोचे हुन्छ ।’

यस्तै उनले एमालेको भविष्य अन्धकार देखेको कारण प्रचण्ड र माधव नेपालले स्थानीय तहको निर्वाचन टार्ने षड्यन्त्र गरेको पनि आरोप लगाए ।

उनले भने,‘उहाँहरु सकेसम्म निर्वाचन टार्ने अवस्थामा हुनुहुन्छ, सकेसम्म निर्वाचनमा जाँदा कांग्रेससँग गठबन्धन गर्ने उहाँहरुको योजना छ, त्यो पनि नभए एमालेसँग पनि विभिन्न शक्तिको ईसारामा उहाँहरुले एमालेका नेताहरुसँग साईनो र सम्बन्ध राख्ने काम गर्नुभएको छ, यसबारे प्रधानमन्त्री देउवा पनि सचेत हुन आवश्यक छ ।’

उनले निर्वाचनमा मूलभूत रुपमा एमाले एक्लै गए पनि कतिपय ठाउँमा स्थानीय आवश्यकत्ताको आधारमा तालमेल हुन सक्नेसमेत बताए । उनले भने, ‘निर्वाचनमा मूलभूत रुपमा एमाले एक्लै जान्छ । तर, निर्वाचनमा कतिपय ठाउँमा स्थानीय आवश्यकत्ताको आधारमा तालमेल हुनसक्छ । यो कुरा हामी स्विकारेर जान्छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४