काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) बारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्र लेख्नु गल्ती भएको बताए । एमसीसीबारे संसदीय समितिले पनि बोल्नुपर्ने भन्दै उनले भने, ‘हामीले भनौं, सकिन्छ भने जनमत संग्रह गरौं, सकिन्न भने गोलमेच सम्मेलन गरेर एउटा आवाज निर्माण गरौं ।
एमसीसी राष्ट्रघाती भएको भन्दै उनले होइन भने पुष्टि गर्न आग्रह गरेका छन् ।
