Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमसीसीलाई सत्तारुढ गठबन्धनले गिजोलेर विवादास्पद बनाए : प्रदीप ज्ञवाली


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २३ २०७८
  • 3.7K
    SHARES

काठमाडौं, । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई सत्तारुढ गठबन्धननले गिजोलेर विवादास्पद बनाएको आरोप लगाउनु भएको छ ।

प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा उहाँले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूले अमेरिकासँग एउटा कुरा र नेपाली जनतासँग अर्को कुरा गरेर एमसीसीलाई गिजोलेको बताउनु भएको हो । पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले कांग्रेस माओवादी गठबन्धनकै सरकारको पालामा यो सम्झौता भएको तर, अहिले उनीहरू नै सरकारमा भएका बेला बढी विवादास्पद बनाइएको टिप्पणी गर्नुभयो ।

एमसीसीमा राष्ट्रहीत विपरित प्रावधानहरू भए सम्झौता गर्नेहरूले नै गल्ती स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले एमसीसी संसदमा छलफल हुन पाउनुपर्ने र संसदमा टेबल भएपछि मात्र एमालेले औपचारिक धारणा सार्वजनिक गर्ने नेता बताउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई संसदमा टेबल गर्ने बाटो छेक्न नपाउने भन्दै ज्ञवालीले सभामुखको भूमिका विवादास्पद रहेको टिप्पणी गर्नुभयो ।

नेता ज्ञवालीले स्थानीय तहको चुनावको मिति तत्काल तोक्न सरकारसँग माग गर्दै स्थानीय तहको चुनाव भएपछि संघ र प्रदेशको चुनाव पाँच वर्ष अगावै जुनसुकै बेला गर्न एमाले तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४