Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गायिका लता मंगेशकरको निधन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २३ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान भारतिय समय अनुसार ८ बजेर १२ मिनेटमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लता विगत २७ दिनदेखि बिरामी थिइन् । लता मंगेशकरलाई कोरोना संक्रमण भएपछि ८ जनवरीमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । लतालाई कोरोनासँग निमोनिया भएको थियो ।

डाक्टरले उनलाई सीधै आईसीयूमा भर्ना गरेर उपचार गरेका थिए । यी २७ दिनमा उनलाई २ दिन भेन्टिलेटरबाट हटाइयो । त्यसपछि उनको स्वास्थ्य फेरि बिग्रन थालेपछि लतालाई भेन्टिलेटर सपोर्टमा ल्याइएको थियो ।

उनले हिन्दीका साथै थुप्रै नेपाली गीतहरू पनि गाएकी छन् । उहाँको ३६ भाषामा ३० हजार भन्दा बढी गीत रकेर्ड भइसकेको छ । लताको पहिलो गीत सन् १९४२ मा रेकर्ड गरिएको थियो । उहाँको विभिन्न भाषामा ३० हजार भन्दा बढी गीत रकेर्ड भइसकेको छ ।

लता भारतको सबैभन्दा प्रतिष्ठित भारत रत्नबाट सन् २००१ मा बिभुषित हुनुभएको थियो । साथै उहाँलाई फ्रान्सले सन् २००९ मा सर्वाधिक ठुलो फ्रेन्च बिभुषणबाट सम्मान गरेको थियो । ल

लताले ५ बर्ष उमेरदेखि सुरु गरेको गायन क्षेत्र ७ दशक सम्म निरन्तरता दिएकी थिइन् । लता मंगेशकरको निधनले भारतीय संगीत जगतमा अपुरर्णीय क्षति पुगेको छ ।

उनको अन्तिम श्रद्धाञ्जलीका लागि विभिन्न राजनीतिक नेता, बलिउड सेलिब्रेटीहरू अस्पताल पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४