Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीन साझेदारको हत्याको कारण : जग्गा कारोबारको तीन प्रतिशत कमिसन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २१ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । ललितपुर र विराटनगरमा भएको तीन जना व्यवसायीको हत्याको कारण डेढ करोडभन्दा बढी कमिसन भएको खुलेको छ ।नेपाल बंगलादेश बैंकले लिलाम गर्न लागेको हरिसिद्धीको २५ रोपनी ७ आना जग्गा उकासिदिए बापत आउने कमिसनको रकमका कारण हत्या भएको भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका एक अनुसन्धान अधिकृतका अनुसार सिरहाका अनिलकुमार मण्डल कहाँ जग्गाधनी बैंकले लिलाम गर्न लागेको जग्गा जोगाइदिन भन्दै पुगेका थिए ।‘जग्गा बैंकले लिलाम गर्न लागेको रहेछ, बीचमा ३५ करोड रुपैयाँ बुझाउन सके बैंकले ऋणीलाई नै जग्गा फिर्ता गर्ने रहेछ,’ ती अधिकृत भन्छन्, ‘जग्गाधनीले ५५ करोड रुपैयाँ दिए जग्गा नामसारी गरिदिन्छु वा १८ प्रतिशत ब्याजमा रकम नै फिर्ता गरिदिन्छु भन्ने प्रस्ताव राखेका रहेछन् ।’

हालको चलनचल्ती मूल्य अनुसार एक अर्ब बढी पर्ने जग्गा आधा मूल्यमै हात पार्न सकिने भएपछि मण्डल लोभिए । जग्गै नआए पनि ब्याजवापत राम्रै रकम आउने उनले देखेका थिए ।तर उनीसँग तत्काल त्यति पैसा थिएन, त्यसैले आफ्ना साझेदार भक्तपुरका राजेन्द्रकुमार श्रेष्ठलाई लगानी गर्न प्रस्ताव राखे । राजेन्द्रले अर्का साझेदार मोहनप्रसाद लिम्बुलाई सुनाए, लिम्बुले शम्भुकुमार चौधरीलाई जोडे ।

‘राजेन्द्र र मोहन दुवैबाट पैसा म्यानेज नहुने भएपछि उनीहरुले शम्भुकुमारलाई जोडेका थिए,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘ शम्भुकुमारले रकम दिने भए, तर जग्गा फिर्ता आउने वित्तिकै आफ्नो नाममा गर्नुपर्ने र त्यही राखेर ८० करोड रुपैयाँ ऋण लिने बताए ।’सुरुमा जग्गाधनीबाट ब्याज मात्र असूल्ने योजना थियो । शम्भुकुमारले जग्गा नै आफ्नो नाममा हुनुपर्ने शर्त राखेपछि केही समय अलमल भयो ।

अन्तिममा शम्भुकुमारको मागअनुसार नै बैंकबाट जग्गा धनीको नाममा आउने वित्तिकै नामसारी गर्ने मौखिक सहमति भयो । अनिलकुमार, राजेन्द्रकुमार र मोहनप्रसादले भने ५५ करोड रुपैयाँको ३ प्रतिशत कमिसन पाउने समझदारी भयो । मौखिक सहमतिअनुसार पीडितले अग्रिम १७ लाख रुपैयाँ अनिलकुमारलाई दिएको पनि भेटिएको छ,’ एक अधिकृत भन्छन्, ‘तर लिखित सहमति हुनुअगावै शम्भुकुमारले सिधै जग्गाधनीसँग डिल गर्न थाले ।’ त्यसपछि अनिलकुमारलाई आफूले ल्याएको काममा साझेदारहरुले आफैंलाई बाइपास गर्न थालिएको महसुस गर्न थाले ।

उनले कुरा उठाउँदा अनेक शंका उपशंका हुनथाल्यो । मोहनप्रसादले जग्गाधनीलाई दिइने रकममध्येबाट पनि अनिलकुमारले छुट्टै कमिसन लिन खोजेको आशंका गरे ।पीडितले बैंकबाट जग्गा छुटाउने ३०/३५ करोड रुपैयाँ तिर्नुपर्ने भनेका थिए, तर ५५ करोड रुपैयाँ मागेकाले बाँकी रहेको रकम अनिनकुमारले खान खोजेका हुनसक्ने उनीहरुको आशंका रहेछ’ अनुसन्धान अधिकृतहरु भन्छन्, ‘यही शंकामा शम्भुकुमारले जग्गाधनीसँग सिधै डिल गर्न खोजे । त्यहींबाट चार जनाबीच मनमुटाव सुरु भएको देखिन्छ ।’

मोहनप्रसादविना सम्झौता गर्न नमानेपछि…

मंसिर अन्तिम सातातिर जग्गाधनीसँग लिखित सम्झौता गर्ने तयारी भइरहेको थियो । अनिलकुमार रिसाइरहेका थिए, शम्भुकुमारले पनि उनलाई वास्ता गरिरहेका थिएनन् ।उनले मंसिर २८ गते मोहनप्रसादलाई ललितपुरको थेचोमा रहेको गोदाममा बोलाए । अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘सम्झौता गर्ने भन्दै बोलाइए पनि अनिलकुमारले गोदाममा मोहनप्रसादको हत्या योजना बुनिसकेका थिए ।’

शम्भु पुगेको केही समयमा अनिलकुमार त्यहाँबाट निस्किए, तर सहयोगी अमित शाह, नासिर आलम लगायतलाई घरमा राखेका थिए ।उनीहरुले नै डोरीले कसेर मोहनप्रसादको हत्या गरे, व्यवस्थापनका लागि कोठाभित्रै खाल्डो खन्ने तयारी पनि गरेका थिए’ एक अधिकृत भन्छन्, ‘तर खन्तीले कोठाभित्रको ढलान फुटाउन सम्भव नभएपछि बाहिरपट्टी खाल्डो खनेर शव गाडेको पाइएको छ ।’

घरको पछाडि मान्छे मात्र अट्ने गरी खाल्डो खनेको देखिएको एक अधिकृत बताउँछन् । उनका अनुसार पुर्दा पनि डस्ना पहिले राखेर शव अनि सिरकसमेत ओढाएर राखेपछि माथिबाट ढलान गरेको पाइएको छ ।स्रोतका अनुसार अनिलकुमार यसअघि ठगीसम्बन्धी कसूरमा नख्खु कारागार बसेका थिए । कारागारमै भएको चिनजानका आधारमा उनले अमितसँग सहयोग मागे, अमितमार्फत आलम जोडिएका थिए ।

२९ मंसिरमा ललितपुरमा मोहनप्रसनदको हत्या भएपछि उनी विराटनगरमा सम्झौता गर्ने भन्दै हिँडेका थिए । त्यतिवेला राजेन्द्रकुमार श्रेष्ठ र शम्भु चौधरी पनि सँगै गएको एक अधिकृत बताउँछन् ।सम्झौता गर्न भन्दै जग्गाधनीका एक जना पनि कागज लिएर बिराटनगरमा पुगेका थिए, उनीहरु विराटनगरको होटल रत्नमा बसेको स्रोत बताउँछ । त्यही शम्भुले जग्गाधनीलाई ५ करोडको चेक पनि दिए ।

तर सम्झौताका लागि शम्भुकुमारले मोहनप्रसाद खोजे । ‘मोहनसँग उनको राम्रो सम्बन्ध थियो, त्यसैले उनी नआई सम्झौता नगर्ने बताएछन्’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘राजेन्द्रले पनि मोहन खोजेपछि अनिलकुमार दबाबमा परे ।’राजेन्द्र र ललितपुरमा मारिएका मोहन मिलेर पहिल्यैदेखि आफूविरुद्ध योजना गरिरहेको मण्डलको मनमा पहिल्यै परेको थियो ।

विराटनगरमा पनि राजेन्द्रले सम्झौता हुन नदिएको निष्कर्ष निकाल्दै उनले ५ मंसिरमा राजेन्द्रलाई धनपालथान गाउँपालिका–७, कमलपुर जाने नहरमा लगे र सहयोगीहरु प्रयोग गरेर ललितपुरकै शैलीमा हत्या गरेको प्रहरी अधिकृतहरु बताउँछन् ।खाल्डो खन्न र शव व्यवस्थापनमा उनले पनि सहयोग गरेको देखिएको छ’ अनुसन्धान अधिकृत भन्छन्, ‘फर्किएर होटल रत्नमा आएपछि मोहनसँगै राजेन्द्रलाई पनि खोज्न थाले ।’

अनुसन्धान अधिकृतहरुका अनुसार अनिलकुमार खासमा मोहन र राजेन्द्रलाई मार्न चाहन्थे तर राजेन्द्र मारिएको दुई दिनसम्म पनि शम्भु चौधरीले साथ नदिएपछि उनको पनि हत्या गर्ने योजना बनाएको पाइएको छ ।जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार धनपालधान गाउँपालिका–७ को उखुबारी लगेर उनले ७ मंसिरमा चौधरीको हत्या गरेको देखिएको छ । यो स्थान १२ र १३ माघमा शव भेटिएको ठाउँबाट सय मिटर दक्षिणमा पर्छ ।

घटनामा मण्डललाई सहयोग गर्न कम्तिमा ६ जना खटिएको प्रहरीको अनुमान छ । ‘शुक्रबार तीन जनालाई सार्वजनिक नै गर्‍यौं, थप केही पनि चाँडै पक्राउ पर्छन्’ एक अधिकृत भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४