Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुरमा गाडिएको अवस्थामा शव भेटियो, मोरङ घटनासँग जोडिएको आशंका


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २० २०७८
  • 2.8K
    SHARES

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-१२, धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ ।

मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो । त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले अर्को शव बरामद गरेको एसएसपी वसन्तबहादुर कुँवरले जन न्युज नेपाल खबरलाई बताएका छन् ।

बरामद शव तेह्रथुमका मोहन लिम्बुको भएको कुँवरले बताए । उक्त शव करिब एक महिनाअघि गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव प्रमिश थापा मगरको घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा बरामद भएको हो । उक्त घर एक किन्डरगार्डेनलाई भाडामा दिइएको थियो । ‘भाडामा लिने मान्छेहरु त्यहाँ छैनन्, अनुसन्धान गरिरहेका छौं’ कुँवरले भने ।

यसअघि १२ माघमा मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरको बस्तीनजिक उखुबारीमा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको थियो । दुवै जना व्यवसायी भएको खुलेको थियो ।

  • उखुबारीमा शव : दुवैको पहिचान खुल्यो, मृतक एकअर्काका साथी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४