Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालको बलिङ कन्सलटेन्टमा धम्मिका प्रसाद नियुक्त


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २० २०७८
  • 5.2K
    SHARES

काठमडौं । श्रीलंकाली राष्ट्रिय टोलीका पूर्व खेलाडी धम्मिका प्रसाद नेपाली क्रिकेट टिमकाे बलिङ कन्सलटेन्टमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फेब्रुअरीमा ओमानमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपालको बलिङ कन्सल्टेन्टका रुपमा उनलाई ल्याउन लागेको हो ।

यसै फेब्रुअरी महिनामा ओमानमा हुने चार देशीय टी-२० सिरिज र टी-२० विश्वकप ग्लोबल क्वालिफायरकाे लागि धम्मिकालाई बलिङ कन्सल्टेन्टको रुपमा ल्याउन लागेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

ग्लाेबल क्वालिफायरका लागि नेपाली क्रिकेट टिमलाई थप एक्सपाेजर दिन प्रशिक्षणमा जनशक्ति थप गरेको मल्लले बताए ।

यसअघि क्यानले भारतका रघुराम श्रीनिवासलाई फिल्डिङ कन्सल्ट्यान्टको रुपमा नियुक्त गरिसकेको छ । मल्लका अनुसार धम्मिका शुक्रबारसम्म नेपाल आइपुग्ने छन् । धम्मिका ओमान भ्रमणसम्मको लागि नेपाल आउन लागेका हुन् ।

यसअघि नेपालमा आएर एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेलिसकेका धम्मिका नेपाल र नेपाली क्रिकेटसंग परिचित छन् ।

धम्मिकाले गत अक्टोबरमा नेपालमा भएको ईपिएल भैरहवा ग्ल्याडियटर्सबाट खेल्दै ६ खेलमा ८ विकेट लिएका थिए ।

३८ वर्षीय धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल र एक टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४