Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शारीरिक सम्वन्धको आरोप लागेपछि शिक्षिकाले गरिन् आफ्नै विद्यार्थीसंग विबाह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २० २०७८
  • 2.9K
    SHARES

एजेन्सी । अमेरिकाकी एकजना शिक्षिकाले आफ्नै विद्यार्थीसंग यौन दुव्र्यवहारको आरोप लागेपछि सोही विद्यार्थीसँग बिवाह गर्नुपरेको छ ।

अमेरिकाको मिसौरी राज्यकी २६ वर्षीया शिक्षिका बेली टर्नरले आफूभन्दा कान्छो विद्यार्थीसंग शारीरिक सम्बन्ध राखेको आरोप लागेपछि उनले ती बिद्यार्थीसंग विबाह गर्नुपर्ने बाध्यता आइलागेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
विद्यार्थीका तर्फबाट बेलीका बिरुद्ध अदालतमा मुद्धा परेको थियो ।

उनले विद्यार्थीसंग यौन दुव्र्यवहार गरेको स्वीकारेपछि सो मुद्धा फिर्ता लिइएको छ । त्यसपछि उनीहरुको हालै बिवाह भएको हो । बेलीको शिक्षकको लाइसेन्स खारेज गरेर प्रहरीले उनलाई गिरफ्तार समेत गरेको गरेको थियो । त्यसपछि उनले आफूले पढाउने बिद्यालयबाट राजीनामा समेत दिनुपरेको थियो ।

उनले सन् २०१९ को जनवरीमा आफ्नै घरमा ती छात्रसंग शारीरिक सम्बन्ध राखेकी थिइन् । अमेरिकी पत्रिका द जोप्लिन ग्लोबका अनुसार शिक्षिका र ती छात्र अब श्रीमान र श्रीमतीको रुपमा बस्नेछन् । उनीहरुको बिवाह हालसालै भएको भनिएपनि कुन महिनामा भएको भन्ने कुरा समाचारमा खुलाइएको छैन ।

अब ती शिक्षिका माथि लागेको यौन दुव्र्यवहारको मुद्धा भने अहिले सकिएको छ । पिडीत छात्रले मुद्धा फिर्ता लिएर बेलीसंग बिवाह गरेपछि मुद्धा सल्टिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४