Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुरका ६ चोकमा ‘इन्टलिजेन्स’ ट्राफिक लाइट सिस्टम


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २० २०७८
  • 2.8K
    SHARES

काठमाडौं । ललितपुर महानगरपालिका आफैंले काठमाडौंको मुख्य चोकहरूमा ‘इन्टलिजेन्स ट्राफिक कन्ट्रोल सिस्टम’ जडान गर्ने भएको छ । सडक विभागले जडान गर्न ढिलाइ गरेपछि ललितपुर महानगरपालिका आफैंले आफ्ना मुख्य ६ वटा चोकमा यस्तो सिस्टम जडान गर्न लागेको हो ।

तत्कालीन काठमाडौं दिगो शहरी यातायात आयोजनाले लाइट जोड्न अहिलेसम्म तीन पटकसम्म टेन्डर आह्वान गरेको थियो । तर, सबै टेन्डरहरु सरकारको लागत अनुमानभन्दा बढी भएपछि रद्द भएका थिए ।

सडक विभागले ट्राफिक जाम व्यवस्थापन गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा ट्राफिक लाइट जडान गर्न लागिएको महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

ललितपुरको कुपन्डोल, हरिहरभवन चोक, झम्सीखेल जाने चोक, धोबीघाट चोक, जाउलाखेल र लगनखेलमा यस्तो लाइट सिस्टम जडान गर्न लागिएको उनले बताए ।

‘यी सबै लाइट एउटै सिस्टमभित्र हुनेछन्, एकअर्काको जोडिने भएकाले एउटा चोकमा जाममा बसेर गएको सवारी लगत्तैको अर्को चोकमा जाममा पर्दैन’, उनले भने । यो कामका लागि टेन्डर भएर कम्पनी छनोट भइसकेको महर्जनले बताए ।

अहिले ललितपुरका अधिकांश ट्राफिक लाइट बिग्रेका छन् । चोकचोकमा ट्राफिक प्रहरीले सवारीको व्यवस्थापन गर्नुपरिरहेको छ । त्यही भएर इन्टलिजेन्स ट्राफिक सिंग्नल सिस्टम जोड्न लागिएको मेयर महर्जनले बताए । लाइटहरुको व्यवस्थापनका लागि ट्राफिक प्रहरीको केन्द्रमा छुट्टै कन्ट्रोल युनिट स्थापना हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४