Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्र बैंकले बैंकसँग माग्यो ७ लाखभन्दा बढीको कारोबार विवरण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २० २०७८
  • 2.8K
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुसँग ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले सबै बैंकहरुलाई पत्राचार गर्दै ७ लाख रुपैयाँ वा सोभन्दा माथिको कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

सुरपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको बारेमा स्थलगत निरीक्षण गर्ने गरेको छ । सो ईकाईले अनुसन्धान गर्नका लागि भन्दै यस्तो विवरण उपलब्ध गराउन २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । विभागका निर्देशक रोशनकुमार सिग्देलले ढाँचासहित पत्राचार गरेर यस्तो विवरण उपलब्ध गराउन भनेका छन् ।

अहिले १० लाख रुपैयाँभन्दा माथिको कारोबार नगदमा गर्न पाइँदैन । १० लाखभन्दा कम रकम भने नगदमै कारोबार गर्न पाउने व्यवस्था छ । यस्तो अवस्थामा राष्ट्र बैंकले ७ लाखकै सीमा तोकेर विवरण माग्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

पछिल्लो समय भर्चुअल करेन्सीमा लगानी नगर्न राष्ट्र बैंकले चेतावनी दिदै आएको छ । क्रिप्टोकरेन्सी जस्ता भर्चुअल कारोबार अवैध रहेको भन्दै राष्ट्र बैंकले यस विषयमा कडा निगरानी गरिरहेको छ । भर्चुअल करेन्सीका विषयमा पनि अनुसन्धान गर्न सहज होस् भनेर अहिले ७ लाख रुपैयाँको विवरण मागिएको हुनसक्ने एक बैंकर बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४