Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २० २०७८
  • 8.1K
    SHARES

काठमाडौं । भारत वेस्टइन्डिजमा जारी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

बुधबार राति कुलिज क्रिकेट ग्राउन्ड एन्टिगुवामा भएको दोस्रो सेमिफाइनल खेलमा भारतले अष्ट्रेलियालाई ९६ रनले हराउँदै आठौं पटक यू–१९ विश्वकपको फाइनलमा पुगेको हो ।

२ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४१.५ ओभरमा १ सय ९४ रनमा अल आउट भयो ।

अष्ट्रेलियाका लचलान शाले सर्वाधिक ५१ रन बनाए । कोरे मिलर ३८, क्याम्पबेल केल्लावेले ३०, ज्याक सिनफिल्ड २० र टम ह्टनीले १९ रन बनाए । भारतका अफस्पिनर विक्की ओस्टलले तीन तथा निशान्त सिन्धु र रवि कुमारले २–२ विकेट लिए ।

यसअघि भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । भारतका कप्तान यश धुलले १ सय १० रनको शतकीय इनिङ खेले । शेख राशिद ९४ रनमा आउट भए । विकेटकिपर दिनेश बना २० रनमा अविजित रहे । अष्ट्रेलिया ज्याक निस्वेट र विलियम साल्जम्यानले २–२ विकेट लिए ।

अब भारतले उपाधिको लागि शनिबार इंग्ल्यान्डसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४