Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धनगढीमा प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्दा झडप प्रहरीसहित ८ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १९ २०७८
  • 2.1K
    SHARES

धनगढी। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले गरेको प्रदर्शनमा झडप भएको छ ।

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि युवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउँदा प्रहरीले प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपका क्रममा प्रहरी र विद्यार्थीतर्फका गरेर ८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले झडपका क्रममा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गौरीप्रसाद जैशीसहितका तीन जना घाइते भएको बताए । प्रमुख प्रहरी निरीक्षक जोशीको कानमा चोट लागेको छ।

उनका अनुसार अन्य दुई जना प्रहरी हवल्दार र प्रहरी जवान पनि समान्य घाइते भएका छन् ।

यस्तै झडपमा अनेरास्ववियु र युवा संघका ५ जना घाइते भएका छन् । अनेरास्ववियु कैलालीका संयोजक किशोर शाह, कुल रावल, हरीद्वारी राना, युवा संघका धनगढी नगर संयोजक अभिशेक नाथ (लोक), रोहित बोगटी र अमर सिंह राना घाइते भएका छन्।

उनीहरूको हातखुट्टा र टाउकोमा चोट लागेको युवा संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४