उनले भने, ‘सत्तामा रहेका नेताहरु जानीजानी भूराजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ । सुनिरहेका छौं भर्चुअल मिटिङहरु भइरहेका छन्, विदेशीको एडभाइस लिने खालका कुराहरु भइराखेका छन् ।’
एमसीसी विकास परियोजना भएको भन्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले यसलाई लिने कि नलिने भन्ने विषय संसद र राजनीतिक दलहरुको स्वेच्छिक रोजाइ भएको बताए ।
‘हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ र सार्वभौमसत्ता सम्पन्न सांसदहरुले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ,’ उनले भने, ‘संसदमा आउन नदिने, बन्द कोठामा तथाकथित गठबन्धका कार्यदलको त्यो अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न पाइदैन ।’
