Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सडक बालबालिकाको उद्धारमा सकस, उद्धारकमाथि नै जाइलाग्छन् बालबालिका


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १९ २०७८
  • 6.7K
    SHARES

काठमाडौं । माघको कठ्याङग्रिदो जाडोमा खुल्ला आकाशलाई छानो बनाउन बाध्य सडक बालबालिका मुक्त गर्ने अभियान फेरि सुरु भएको छ ।

लागूपदार्थ र मदिरा सेवनमा बालबालिकाको उद्धार आफैँमा चुनौतीपूर्ण बनेको भुक्तभोगीहरू बताउँछन् । उद्धार गरिए पनि फेरि सडकमै आउने लतका कारण उद्धारकर्ताहरू नै हैरान बनेका छन् ।

सडकबाट बालबालिका उद्धार गर्ने काम फलामको चिउरा चपाउनुसरह छ । प्रहरीदेखि उद्धारकर्ता नै यस्ता बालबालिकाको आक्रमणका सिकार हुने गरेका छन् । कतिपय हतियारको आत्मघाती प्रयोग गर्छन् त कति उद्धारकमाथि नै जाइलाग्छन् ।

कोरोना संक्रमणका कारण स्थगित बाल उद्धार कार्यक्रम बालबालिका खोजतलास समन्वय केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको समन्वयमा फेरि सुरु गरिएको हो । सडक बालबालिकाको अन्त्यका लागि आफूहरू मध्यरातमा उद्धारमा खटिएको केन्द्रका कार्यकारी अधिकृत सन्तोष अधिकारी बताउनुहुन्छ ।

जोखिमपूर्ण यसप्रकारको उद्धारमा उद्धारटोलीलाई स्थिति सम्हाल्न निकै सकस छ । यद्यपि चुनौतीका बीच सडक बालबालिकाको भविष्यका लागि अर्थात सडकमै भोकै रात बिताउन नपरोस् भनि केन्द्रले सुधारगृहका सदस्यहरूको सहयोगमा उद्धार गर्ने गरेका छन् ।

राजधानीको ठमेल, नयाँ बसपार्क, बसन्तपुर, कमलादी, पशुपति र रत्नपार्क लगायतका क्षेत्रमा रहने गरेका अधिकांश बालबालिका उद्धारका क्रममा अधिकांश बालबालिका नशामा रहेका देखिन्थे । उद्धार गरिएका बालबालिकालाई सामाजिक संस्थामा लगिने कार्यकारी अधिकृत अधिकारीको भनाइ छ ।

सडक पेटी, सडकका कुना काप्चा, बेबारिसे घर टहरा अनि मन्दिर परिसर नै उनीहरूको आश्रयस्थल हो । जसका लागि सरकारले प्रति बालबालिकाको हकमा केही रकम उपलब्ध गराउँछ ।

बालअधिकारका लागि काम गर्ने सरकारी र गैरसरकारी संस्थाहरूले समन्वय गरी यो कामलाई थप प्रभावकारी बनाउन जरुरी छ । त्यसो त अघिल्लो सरकारले उपत्यकाका सडकलाई बेवारिसे मानवमुक्त बनाउन थालेको अभियान निरन्तरता दिन अपरिहार्य छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४