Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भरतपुर अस्पतालका सेवा बिहीबारदेखि पुनः सञ्चालन हुने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १९ २०७८
  • 7.3K
    SHARES

काठमाडौं । कोरोना संक्रमण बढेसँगै बन्द गरिएको भरतपुर अस्पतालको सेवा पुनःसञ्चालन गरिने भएको छ ।

माघ ९ गतेदेखि स्थगित ओपिडी सेवा र नियमित शल्यक्रिया बिहीबारदेखि सञ्चालन गर्न लागिएको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिनुभयो ।

चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेपछि अत्यावश्यक सेवा वाहेकका अन्य सेवा बन्द भएका थिए ।

अस्पतालले एक सूचना प्रकाशन गरी संक्रमणको जोखिम अझै कायम रहेकाले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई पूर्णपालना गर्न आग्रह गरेको छ ।

अस्पतालमा हाल ४१ जना संक्रमित उपचारका लागि भर्ना भएका छन् । अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४