Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदेशी लगानीले मुलुक समृद्ध बन्दैन : गुराँगाई, पूर्व अध्यक्ष इपान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १९ २०७८
  • 3.2K
    SHARES

 

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इपान) का पूर्व अध्यक्ष तथा जलस्रोतविद् शैलेन्द्र गुराँगाईले आफैं लगानी नगरी व्यक्तिको जीवनमा समृद्धि नआउने दाबी गर्नु भएको छ ।

संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएसन (एसकाज) ले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले जीवनलाई सार्थक र समृद्धितिर डोर्‍याउन व्यक्ति आफैंले लगानी गर्नु पर्नेमा जोड दिनुभएको हो ।

व्यक्ति, समाज, जिल्ला र देश आर्थिक रुपले सम्पन्न हुन आफैं लगानी गर्ने वातावरण बनाउनु पर्ने उहाँको भनाई थियो । लगानी गर्नको लागि कागजी र कानुनी झन्झट भएकाले सरकारले लगानीमैत्री वातावरण बनाउन, कानुनलाई चुस्त र सरलीकृत गर्दे लैजानु पर्ने उहाँको भनाई थियो ।

जलस्रोतमा लगानी गर्न व्यक्ति स्वःस्फूर्त रुपमा चाहन्छ तर, यसका प्रकृयालाई सरलीकृत गर्नु पर्ने उहाँको भनाई छ । नेपालमा उर्जाको सम्भावना अत्याधिक भएकाले उर्जामा जनता आफैंले लगानी गर्ने वतावरण बनाउनु पर्नेमा जोड दिनुभयो । उर्जामा जनताको पहुँच पुग्न नदिनको लागि विभिन्न तानाबुना रचिने गरेको भन्दै जनता आफैं पनि सजग हुनु पर्ने उहाँको भनाई थियो ।

चिलिमे जलविद्युत आयोजना जनताको स्वःस्फूर्त लगानीमा निर्माण भएकाले त्यसको प्रतिफल पनि रसुवाली जनताले पाएको बताउनुभयो ।

स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका पूर्व अध्यक्षसमेतरहेका गुराँगाईले जनताको पानी जनताकै लगानी भन्ने सरकारको संकल्प अनुसार उर्जामा लगानी गर्ने बातावरण बनाउन इपानले भूमिका खेल्ने प्रष्ट पार्नुभयो ।

व्यक्तिलाई लगानी गर्ने वातावरण नबनाउन बिभिन्न रणनीति बन्ने गरेको भन्दै उहाँले अरुले गरिदिएको लगानीबाट व्यक्तिमा समृद्धि नआउने ठोकुवा गर्नुभयो । लगानीको लागि विदेशीको मुख ताक्ने प्रवृद्धि हावी भएकाले यसबाट मुक्ति पाउन पनि जनता आफैंले लगानी गर्नु पर्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४