Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १८ २०७८
  • 1.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै उहाँले भ्रष्ट्राचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सदैव साथ रहने वचन दिनुभयो ।

प्रधानमन्त्री देउवाले भ्रष्ट्राचार नियन्त्रणका लागि केन्द्रले सरकारलाई दिएको सुझावको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास दिलाउनुभएको सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

केन्द्रले उजुरी व्यवस्थापनतर्फ २०७७/७८ मा ५ सय २० वटा उजुरी प्राप्त भएको र आर्थिक वर्ष २०६६/७७ बाट जिम्मेवारी सरी आएका ३ सय २४ वटा उजुरी गरी जम्मा ८ सय ४४ वटा उजुरीमध्ये ५ सय ९४ वटा फछर्यौट गरिएको जनाएको छ ।

यसैगरी राष्ट्रिय सूचना आयोगले पनि आज प्रधानमन्त्री देउवासमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले आयोगको स्थापनाबाट सुशासन कायम गराउन मद्दत पुगेकाले यसको क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिका सूचनामा संवेदनशील हुनुपर्नेमा उहाँको जोड थियो । आयोगमा यस अवधिमा सार्वजनिक निकायबाट सूचना प्राप्त नभएको भनी ७ सय ५३ वटा पुनरावेदन प्राप्त भएका थिए ।

प्राप्त पुनरावेदनमध्ये सबैभन्दा बढी ७३ प्रतिशत स्थानीय तहसँग सम्बन्धित थिए भने शिक्षा, स्वास्थ्य तथा खेलकूदसँग सम्बन्धित ७ प्रतिशत, आर्थिक क्षेत्रसँँग सम्बन्धित ४ प्रतिशत, कानुन, न्याय र प्रशासनसँग सम्बन्धित ४ प्रतिशत रहेका थिए ।

प्राप्त पुनरावेदन आयोगले ९८ दशलमब ७ प्रतिशत फछ्र्यौट गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४