Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतले नेपाललाई दिने सहायता रकम घटाउने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १८ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । भारतले नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरेको छ ।

वित्त मन्त्री निर्मला सितारमणले सन् २०२२/२३ का लागि मंगलबार सदनमा पेश गरेको युनियन बजेटमा नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरिएको हो ।

गतवर्ष ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड) सहयोग गरेको भारतले यस वर्ष भने ७ अर्ब ५० करोड भारु (९  १२ अर्ब रुपैयाँ) मात्र सहयोग गर्ने गरी प्रस्ताव पेश भएको छ ।

नेपाललाई सहयोग रकम घटाउने प्रस्ताव गरेकी वित्त मन्त्री सीतारमणले दक्षिण एशियामा बांग्लादेशलाई दिने सहयोग रकम २ अर्बबाट बढाएर ३ अर्ब पुर्याउने र माल्दिभ्सलाई गर्ने सहयोग पनि २ अर्ब ५० करोडबाट बढाएर ३ अर्ब ६० करोड बनाउने प्रस्ताव गर्नुभएको छ ।

भारतले छिमेकीहरूमध्ये सबैभन्दा धेरै सहयोग भुटानलाई गर्छ । तर, भुटानलाई पनि यस वर्ष सहयोग रकम घटाइएको छ । गतवर्ष ३० अर्ब छुट्याइएकोमा यस वर्ष २२ अर्ब ६६ करोडको सहयोग प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४