Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुल्चोकमा मन्त्रीको बाटो छेकेर अनेरास्ववियुले देखायो कालो झण्डा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १८ २०७८
  • 2.4K
    SHARES

 काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले ललितपुरको पुल्चोकमा एक मन्त्रीलाई घेरा हालेर कालो झण्डा देखाएका छन् ।

सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की चढेको गाडीको बाटो छेकेर कालो झण्डा देखाएको अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले बताइन्

उनीहरुले मुर्दावादको नारा लगाउँदै प्रदर्शन गरेका थिए । एकछिनपछि मात्र प्रहरी आएर उनीहरुलाई हटाएपछि मन्त्री कार्की गन्तव्यमा लागेका थिए ।

अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष बरालले केन्द्रीय कमिटीको योजना अनुसार नै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीलाई कालो झण्डा देखाएको बताइन् । ‘स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको छ, त्यसैले केन्द्रीय कमिटीको योजना अनुसार नै कालो झण्डा देखाएका हौं,’ उनले भनिन् ।

उनका अनुसार मन्त्री कार्की मन्त्री निवासबाट सिंहदरबारतर्फ गइरहेको बेला कालो झण्डा देखाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४