Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२५ जनाभन्दा बढी भेला नहुन स्याङ्जा प्रशासनको आदेश


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १७ २०७८
  • 2.1K
    SHARES

स्याङ्जा । जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको छ ।

सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउने निर्णय गरेको छ ।

प्रशासनले मेला महोत्सव आयोजना नगर्न पनि आदेश गरेको छ । आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा राख्न, कोरोनाको परीक्षणको दायरा बढाउन र नियमित खोप अभियानलाई जारी राख्न पनि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आदेश दिनुभएकाे हाे ।

सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ । प्रशासनले खोप कार्ड लिएर आएका सेवाग्राहीलाई मात्र सेवा दिने पनि जनाएको छ ।

गोष्ठी, सेमिनार, समिक्षा बैठक गर्दा भर्चुअलको माध्यमबाट गर्न, भौतिक रूपमा उपस्थिति भएर गर्नुपर्ने भएमा स्वास्थ्य मापदण्ड गर्ने गराउने र २५ जना मात्रै भएर गर्न प्रशासनले आदेश दिएको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, ढोका र भित्र सबै ठाउँमा मास्क सेनिटाइजर अनिवार्य राख्न प्रशासनकाे आदेशमा उल्लेख गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४