Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना खोप अनिवार्य गरिएको विरोधमा क्यानडामा प्रदर्शन चर्कियो, प्रधानमन्त्रीले घर छाडे


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १७ २०७८
  • 6.7K
    SHARES

काठमाडौं । ट्रक चालकहरुलाई पनि कोरोना खोप अनिवार्य गरिएपछि क्यानडामा विरोध प्रदर्शन जारी छ ।

प्रदर्शनका कारण असुरक्षित महसुस गर्दै प्रधानमन्त्रीले जस्टिन ट्रुडोले परिवारका सदस्यसहित राजधानी ओटावास्थित आफ्नो घर छाडेर अन्यत्र गएको बीबीसीले जनाएको छ । तरू उनी कहाँ गएर बसेका छन् भन्ने खुलाइएको छैन ।

अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरुलाई पनि कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको छ । त्यसको विरोधमा ट्रक चालकहरुले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक तेर्स्याएर यातायात सेवा अवरुद्ध पारेका छन् ।

ट्रक चालकहरुलाई साथ दिंदै अन्य हजारौं नागरिकहरु पनि प्रदर्शनमा उत्रिएका छन् । विरोध प्रदर्शनका कारण दोस्रो दिन पनि क्यानडाको राजधानी ओटावा ठप्प भएको बीबीसीले जनाएको छ ।

यो विरोध प्रदर्शनलाई ‘फ्रिडम कन्भोई’ नाम दिइएको छ । कतिपय प्रदर्शनकारी ओटावाका स्मारकहरुको अपमान गर्ने ढंगले प्रस्तुत भएका छन् ।

खासगरी एक जना सैनिकको चिहानमाथि एक महिला नाच्दै गरेको भिडिओ सार्वजनिक भएपछि त्यसको आलोचना भएको छ । यसैगरी सुरक्षामा खटिएका प्रहरीहरुलाई प्रदर्शनकारीले धम्की दिएको र सित्तैमा खानेकुरा माग्दै रेष्टुरेन्टका कर्मचारीहरुलाई दुर्व्यवहार गरिएको समाचार पनि सार्वजनिक भएका छन् ।

रक्षामन्त्री अनिता आनन्दले यस्ता गतिविधिहरुलाई निन्दनीय भनेकी छन् । साथै ओटावा प्रहरीले यस्ता घटनाको छानविन गरिरहेको जनाएको छ ।

क्यानडा सरकारले यही जनवरी १५ तारिखमा कोरोनाविरुद्धको खोपसम्बन्धी निर्णय गर्दै खोप नलगाएका क्यानेडियन ट्रक चालकहरूले अमेरिका-क्यानडा सीमा वारपार गर्न खोप लगाएको हुनुपर्ने आदेश जारी गरेको थियो । यही आदेशको विरोधमा प्रदर्शन सुरु भएको थियो ।

प्रदर्शनकारीलाई प्रधानमन्त्री ट्रुडोले ‘सानो संख्यामा रहेकाहरु’ भनेर हल्का टिप्पणी गरेका थिए । अहिले त्यही प्रदर्शन व्यापक हुँदै गएको हो । प्रदर्शनकारीहरुले पनि नयाँ माग थप्दै देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको निर्णय हटाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४