Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्यानडामा कोरोना भ्याक्सिनलाई लिएर बवाल,प्रधानमन्त्री ट्रुडो घर छोडेर गोप्य स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १६ २०७८
  • 8.1K
    SHARES

एजेन्सी । कोरोना भ्याक्सिनको विषयलाई लिएर क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडो विवादमा फसेका छन् ।

क्यानाडा सरकारले कोरोना भ्याक्सिन अनिवार्य गरेपछि त्यसका विरुद्ध त्यहाँ प्रदर्शन भइरहेको थियो । त्यसैबीच प्रधानमन्त्री ट्रुडोले क्याडाबाट अमेरिका जाने ट्रक चालकले अनिवार्य रुपमा कोरोना विरुद्धको भ्याक्सिन लगाउनु पर्ने प्रस्ताव ल्याएपछि त्यसको विरोधमा ५० हजार ट्रक चालक उनको घर घेर्न पुगेका थिए । ट्रक चालकहरु आफ्नो घर घेर्न पुगेपछि ट्रुडो सपरिवार घर छोडेर गोप्य स्थानमा गएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले कोरोनाको खोप लगाउनै पर्ने क्यानडा सरकारको आग्रहलाई फाँसीवादसँग तुलना गरेका छन् ।

प्रदर्शनमा उत्रेकाहरुले ट्रुडोको चर्को आलोचना गरेका छन् । प्रदर्शनकारीहरुले भ्याक्सिन अनिवार्य गर्नु स्वास्थ्यसँग सम्बन्धित नभएको भन्दै सरकारले विभिन्न कुरामा नियन्त्रण गर्न खोजेको दाबी गरेका छन् । प्रदर्शन चर्किएर हिंसात्मक घटना हुनसक्ने आशंका गर्दै क्यानडा प्रहरीले उच्च सर्तकता अपनाएको अन्तर्राष्ट्रिय सचारमाध्यमहरुले जनाएका छन् ।

शनिवार पनि भ्याक्सिन लगाउनु पर्ने बाध्यताको विरोधमा झण्डै १० हजार नागरिकले क्यानडाको संसद भवन नजीक प्रदर्शन गरेका थिए ।
ट्रुडोले ट्रक चालकलाई विज्ञान बिरोधी भएको भनेपछि उनीहरु झन आक्रोसित भएका हुन् ।भ्याक्सिन अनिवार्यले आफूहरुको स्वतन्त्रता हनन् भएको पनि कतिपय क्यानेडियनहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४