Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री नियुक्त भएको तीन महिनामा पनि कर्णाली प्रदेश सरकारले पूर्णता पाउन सकेन्


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १६ २०७८
  • 8K
    SHARES

काठमाडौं । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पुग्दा पनि कर्णाली प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन ।

नेपाली कांग्रेसका जीवन बहादुर शाही मुख्य मन्त्रीमा नियुक्त भएको तीन महिना पुगे पनि मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन नसकेको हो ।

मुख्यमन्त्रीसहित आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा माओवादी केन्द्रले चार र समाजवादीले तीनवटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका छन् । यसो गर्दा कांग्रेसको भागमा मुख्यमन्त्रीबाहेक कुनै पनि मन्त्रालय नपर्ने भएपछि मन्त्रीमण्डल विस्तार नभएको हो ।

कांग्रेसले आफूले दुई मन्त्रालय राखेर माओवादीलाई तीन र समाजवादीलाई दुई मन्त्रालय दिएर मन्त्रीमण्डललाई पूर्णता दिने कसरतमा छ ।

हाल सरकारमा माओवादी केन्द्र र समाजवादीबाट एक–एक जना मन्त्री छन् । कर्णाली प्रदेशमा माओवादी केन्द्र सबैभन्दा ठूलो दल हो । माओवादी केन्द्रसँग १२ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग ६ र नेकपा एकीकृत समाजवादीसँग ३ सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४