काठमाडौं । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको मैत्रीपूर्ण खेल शनिबार दशरथ रंगशालामा भएको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकाे छ । पहिलाे हाफमा नेपालले गाेल गर्ने केही अवसर बनाएपनि सदुपयाेग गर्न सकेनन् ।
पहिलाे हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेकाे दुई प्रहार पाेष्ट माथिबाट बाहिरियाे । यस्तै अन्जन विष्टले दुई अवसर सदुपयाेग गर्न सकेनन् । यसैगरी सुनिल बलकाे फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएकाे थियाे ।
हेर्नुहोस् तस्वीरहरु






