Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न भोलि गठबन्धनको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १४ २०७८
  • 6.9K
    SHARES

काठमाडौं । स्थानीय तहको निर्वाचनका सम्बन्धमा देखिएको अन्योलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक शनिबार बस्ने भएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा गठबन्धनको बैठक बोलाउने निर्णय भएको हो ।

स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने कार्ययोजनासहित निर्वाचनले सरकारलाई सिफारिस गरिसकेको छ । आयोगले सिफारिस गरेको लामो समयसम्म पनि स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले चासो नदेखाएपछि विभिन्न आशंकासहितको टिकाटिप्पणी हुँदै आएको छ ।

गठबन्धनका केही घटकले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्न सरकारलाई दबाब दिएको चर्चा पनि चल्दै आएको छ । शुक्रबार प्रधानमन्त्री देउवासहित गठबन्धनका तीन शीर्ष नेताबीच भएको छलफलमा चुनाव सार्ने विषयमा बाहिर हुँदै आएको आलोचनाका बारेमा चर्चा भएको बताइएको छ । यस्तै स्थानीय तहको निर्वाचनका लागि देखा परेको भनिएको कानुनी जटिलता र लामो समयदेखि संसद चल्न नसकेको विषयमा पनि तीन नेताबीच छलफल भएको स्रोतले जनाएको छ ।

बैठकमा राष्ट्रियसभा सदस्यको हालै सम्पन्न निर्वाचनका बारे समेत समीक्षा भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जन न्युज नेपाल खबरलाई बताए । तीन नेताबीच भएको छलफलले यी विषयमा गठबन्धनकै बैठक राखेर छलफल गरी आवश्यक निष्कर्ष निकाल्नुपर्ने ठहर गर्दै शनिबारका लागि गठबन्धनको बैठक बोलाइएको हो ।

यसैबीच गठबन्धन घटकका तीन शीर्ष नेताको छलफल लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिंहदरबारमै पार्टीको आन्तरिक बैठकमा सहभागी भएका छन् । उनी माओवादी केन्द्रको सरकार सञ्चालन सम्बन्धी संयन्त्रको बैठकमा सहभागी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४