Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड र नेपाललाई कांग्रेससँग एकता गर्न महेश बस्नेतको सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १४ २०७८
  • 5.9K
    SHARES

 चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका छन् ।

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा कांग्रेस र कम्युनिष्ट दुईवटा दलको आवश्यकता रहेको भन्दै प्रचण्ड र नेपाललाई कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका हुन् ।

‘देशमा अब च्याँखे थाप्ने दलको काम छैन, यसले विकास र समृद्धि रोकिन्छ’ नेता बस्नेतले भने, ‘ठूला दलका बीचमा खेलेर अस्थिरता सिर्जना गर्ने यस्ता दललाई जनताले पनि साथ दिन हुन्न ।’

उनले पाँच दल मिल्दा पनि एमालेलाई चुनावमा जित्न नसक्ने भयले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको टिप्पणी गरे । स्थानीय तहको निर्वाचन सार्न संविधानको अपव्याख्या गर्ने काम स्वयं सरकारले गरिरहेको नेता बस्नेतले बताए ।

स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्रका विरुद्ध एमाले आन्दोलनमा जाने नेता बस्नेतको भनाइ छ । उनले सरकार र त्यसको नेतृत्व सबैतिर असफल भएको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४