Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उड्डयन प्राधिकरणले उठाउन बाँकी बक्यौता १ अर्ब ८२ करोड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १४ २०७८
  • 8K
    SHARES

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न निकाय, संघ-संस्था र कम्पनीसँग उठाउन बाँकी बक्यौता करिब दुई अर्ब रूपैयाँ पुगेको छ । प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्राधिकरणलाई सो बक्यौता उठाउने कार्यायोजना बनाएर पेश गर्न प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरणले समितिलाई बुझाएको विवरणअनुसार स्वदेशी तथा विदेशी निकाय, संघसंस्थाले प्राधिकरणलाई १ अर्ब ८१ करोड ७५ लाख ८८ हजार ५ सय ७९ रुपैयाँ बुझाउन बाँकी रहेको देखिएको छ ।

यसमा विगत लामो समयदेखि बन्द रहेका वायुसेवा कम्पनीहरुको बक्यौता रकम ठूलो छ । प्राधिकरणले बेलाबेला सूचना निकालेर रकम तिर्न भनेपनि ठोस कदम चाल्न सकेको छैन । जसका कारण बक्यौता रकम हरेक वर्ष थप हुने गरेको हो ।

समितिले कोभिड १९ को संकटका बेला भएको उद्धार उडानका दौरान विगतमा पर्यटन मन्त्रालयले बनाएको छानविन समितिको प्रतिवेदन संसदीय समितिमा पेश गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको छ ।

यस विषयमा अहिले पर्यटन मन्त्रालयले पुनः अर्को समिति बनाएर छानविन गरिरहेको छ । खासगरी खाडी मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउन क्रममा बढी भाडा लिएको भन्दै मन्त्रालयले छानविन गरेपनि कारवाही नगरी प्रतिवेदन थन्काएको आरोप लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४