Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यो साता नेप्से परिसूचक १५१.६१ अंकले घट्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १४ २०७८
  • 6.4K
    SHARES

काठमाडौं । पछिल्लो साता शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने सामान्य अंकले वृद्धि भएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १५१.६१ अंकले घटेर २ हजार ७७९.९८ विन्दुमा झरेको छ । अघिल्लो साता ७३.५९ अंकले बढेको नेप्से परिसूचक यो साता भने १५१.६१ अंकले गिरावट आएको हो ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको थियो । तर, नेप्से परिसूचकमा गिरावट आए पनि आइतबार सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले बढेको थियो । आइतबार कारोबारमा आएका २३२ कम्पनीको एक करोड ४७ लाख चार हजार कित्ता शेयर सात अर्ब तीन करोड आठ लाख आठ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक १०० अंकको हाराहारीमा गिरावट आएको थियो । उक्त दिन ९९.८६ अंकले गिरावट आएर २ हजार ८२०.६५ बिन्दुमा झरेको थियो । यसरी सोमबार कारोबारमा आएका २२८ कम्पनीको एक करोड ७० लाख ६३ हजार कित्ता शेयर आठ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार भने नेप्से परिसूचकमा सामान्य अंकले गिरावट आएको थियो । उक्त दिन परिसूचक ५.५९ अंक घटेर २ हजार ८१५.०६ विन्दुमा झरेको थियो । मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कोरोबार भएको थियो ।

मंगलबार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो । साताको अन्तिम कारोबारको दिन बिहीबार भने नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बिहीबार परिसूचक ३.२९ अंकले वृद्धि भएर २ हजार ७६९.९३ अंकमा पुगेको छ । बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ६६ लाख ५७ हजार २३१ कित्ता शेयर तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको शेयर कारोबार भएको छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि गिरावट आएको छ । गत साता एक खर्ब पाद्ब अर्ब ४१ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पत्ति यो साता भने २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । यो साता दुई खर्ब १३ अर्ब ९० करोड रुपैयाँले सम्पत्ति घटेर ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४