Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैदेशिक लगानी प्रतिवद्धता बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १४ २०७८
  • 7.1K
    SHARES

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १ सय ५४ वटा स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका छन् । गत वर्षभन्दा चालु आर्थिक वर्षमा ५१ वटा बढी उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

विभागको तथ्यांक अनुसार यो अवधिमा ४५ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग दर्ता भएका छन् । यी उद्योगले कुल १ खर्ब ८६ अर्ब लगानी प्रस्ताव गरेको छ ।

गत वर्ष यो अवधिमा १ सय ३ वटा उद्योग दर्ता भएको थियो । यी उद्योगले कम्तीमा १३ हजार ७ सय ४८ जनालाई रोजगारी दिने उल्लेख छ । यो समयमा कुल ३० अर्ब ५६ करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको छ । ६ महिनामा कुल ट्रेडमार्क दर्ता १६ सय ८० वटा दर्ता भएका छन् ।

यसैबीच, आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तसम्म ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी प्रतिवद्धता प्राप्त भएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ८६ अर्ब प्रतिवद्धता आएको छ । यो लगानी प्रतिवद्धता एक सय ५८ दशमलव ३३ प्रतिशले बढी रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४