Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मृत भेटिए राज्यमन्त्रीका पिएसओ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १३ २०७८
  • 7.3K
    SHARES

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीको निजी सुरक्षाकर्मी रहेका प्रहरी हवल्दार सुतेकै अवस्थामा मृत फेला परेका छन् ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ रहेका प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका हुन् ।

जोशी धनगढी उपमहानगरपालिका–३ गुरुद्वारामार्गस्थित आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

परिवारका अन्य सदस्य आफन्तको विवाहमा गएकोले जोशी केही दिनदेखि घरमा एक्लै थिए । उनी कोठामा हिटर बालेर ढोका बन्द गरेर सुतेको अवस्थामै मृत भेटिएको बताइएको छ ।

परिवारका सदस्य बुधबार घर आउँदा ढोका बन्द देखेपछि झ्यालबाट हेरेर बोलाउँदा केही नबोलेपछि ढोका फुटाएर हेर्दा मृत भेटेको बताइएको छ ।

उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४