Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाकालमा विद्यार्थी पढाउन टोल–टोलमै शिक्षक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ११ २०७८
  • 13.8K
    SHARES

अछामको विद्यालयले बनायो अभिभावक समेटेर टोल शिक्षा समिति

अछाम । कोभिडका कारण भौतिक रुपमा उपस्थित भएर पढाउन नसकिएपछि केही विद्यालयले विभिन्न उपाय मार्फत विद्यार्थीहरुलाई पढाइसँग जोडिरहेका छन् ।

त्यसमध्ये अछामको साँफेबगर नगरपालिकाको प्रभा धम्कोट प्राविधिक तथा व्यवसायिक माविले एउटा गज्जबको उपाय अपनाएर टोल कक्षा सञ्चालन गरिरहेको छ । अनलाइनमा विद्यार्थीको पहुँच नभएपछि विद्यालयले टोल–टोलमै पुगेर कक्षा सञ्चालन गरिरहेको छ ।

प्रभा धम्कोट प्राविधिक तथा व्यवसायिक माविका प्रधानाध्यापक जोगराज कुँवरका अनुसार अभिभावकहरुलाई समेटेर हरेक टोलमा पाँच/पाँच सदस्यीय टोल शिक्षा समिति गठन गरिएको छ । समितिको संयोजक अभिभावकलाई नै तोकिएको छ ।

७३२ जना विद्यार्थी रहेको विद्यालयले ११ वटा टोल कक्षा बनाएको प्रधानाध्यापक कुँवरले जानकारी दिए । आ–आफ्नो टोलमा शैक्षिक वातावरण बनाउने जिम्मेवारी पनि सोही समितिलाई नै दिइएको छ ।

कसरी पढाइन्छ ?

टोल शिक्षा अन्तर्गत हरेक हप्ता विषयगत शिक्षकहरु टोल–टोलमा पुग्छन् र कुनै सार्वजनिक स्थानमा विद्यार्थीहरुलाई भेला गराएर पढाउँछन् ।

टोलमा जानुपूर्व विद्यालयले शिक्षकहरुको बैठक राखेर एक हप्ता पुग्ने गरी गृहकार्यको लागि प्रश्नपत्र बनाउने, समाधानपत्र (प्रश्नपत्र अनुसारको उत्तर बनाउने) बनाउने काम गर्छ । त्यसपछि कुन टोलमा, कुन दिन जाने भनेर तालिका बनाइन्छ ।

शिक्षक टोलमा जानुअघि समिति संयोजकलाई गते अथवा बारसहित समय जानकारी गराइन्छ । त्यही बमोजिम अभिभावकलाई अथवा विद्यार्थीलाई समितिले उपस्थितिको लागि जानकारी गराउँछ । सोही सूचनाको आधारमा बालबालिका टोल कक्षामा उपस्थित हुन्छन् । हरेक टोलमा फरक–फरक दिन शिक्षकहरु उपस्थित भई पढाउने प्रधानाध्यापक कुँवरले जानकारी दिए ।

विद्यालयले अघिल्लो वर्षको कोरोना भाइरसको महामारीबाटै यस्तो खालको टोल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको र यो विद्यालयको पढाइभन्दा पनि बढी प्रभावकारी भइरहेको प्रधानाध्यापक कुँवरको अनुभव छ । उनी भन्छन्, ‘यस कार्यले बालबालिकाले विद्यालय बन्द भएको अनुभूति गर्न पाएका छैनन् र विद्यालयभन्दा पनि बढी प्रभावकारी भइरहेको अनुभूति गरेको छु ।’

सार्वजनिक स्थान सुधार्ने जिम्मेवारी पनि समितिलाई

टोल शिक्षा सञ्चालन गर्दा ‘पटकानी’ (टोलका मानिसहरु भेला भएर चिया खाने, गफ गर्ने सार्वजनिक स्थान) ले पढ्ने वातावरण विगार्ने देखिएकाले टोल शिक्षा समिति गठन गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक कुँवर बताउँछन् ।

उनले भने ‘पटकानीहरुमा तास खेल्ने, मदिरा पिउने स्थान हुन थालेपछि यसले समाजमा र पढ्ने बालबालिकामा नकारात्मक असर पार्ने भएकाले त्यस्ता कार्य हुन नदिन र बालबालिकालाई त्यस्ता स्थानहरुमा जान नदिनको लागि समिति बनाएका हौं ।’ त्यसैअनुसार टोल शिक्षा समितिले संयोजकको नेतृत्वमा सार्वजनिक स्थल व्यवस्थापन गर्न मुख्य भूमिका निर्वाह गर्ने कुँवरले बताए ।

त्योबाहेक विद्यार्थीले गृहकार्य नगरी डुलेर हिँडेको छ, टोल कक्षामा सहभागी भएको छैन भने त्यस्ता विद्यार्थी र तिनका अभिभावकलाई सम्झाउने समितिको जिम्मेवारीभित्र पर्छ ।

प्रधानाध्यापक कुँवर भन्छन्, ‘टोल शिक्षामा अभिभावक समेटिएन भने प्रभावकारी हुँदैन भन्ने बुझ्यौं । त्यसैले टोल शिक्षा समितिको परिकल्पना गरी अभिभावक सहित विद्यार्थीलाई टोल कक्षामा जोडेका हौं । त्यसको प्रतिफल राम्रै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४