Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोटेश्वरबाट पठाओ राइडर अपहरित, दुई जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ९ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । कोटेश्वरबाट गएराति एक जना पठाओ राइडर अपहरित भएका छन् ।

शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओ राइडरलाई धापाखेल पु¥याइ अपहरण लुटपाट गरेका हुन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र राइडरको मोटरसाइकल पनि लिएर दुई व्यक्ति फरार भएका थिए ।

‘आइतबार बिहान साढे १ बजे स्थानीयले धापाखेलमा बन्धक बनाइएका राइडर काठमाडौंका २५ वर्षीय प्रविन राइलाई हारगुहार गर्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए’ उनले भने, ‘खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि पाटन अस्पताल लगेको थियो ।’

रातिबाट थालिएको अनुसन्धानका क्रममा पठाओ बुक लगेर लैजाने २१ वर्षीय सुमन तामाङ र धापाखेलमा बन्धक बनाउन सहयोग गर्ने उनका साथी मिनराज राईलाई पक्राउ गरिएको पोखरेल बताउँछन् ।

ललितपुर प्रहरीका एसपी सिद्धिविक्रम शाहका अनुसार आइतबार बिहान दुई जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको थियो ।

‘चोरी भएको बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल र सँगै चोरी भएको मोबाइल पनि उनीहरुको साथबाट बरामद भएको छ’ शाहले भने, ‘थप अनुसन्धान जारी छ ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४