Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोवाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा कदम चाल्छौं : मोवाइल व्यवसायी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ८ २०७८
  • 7.3K
    SHARES

काठमाडौं । मोवाइल व्यवसायीहरूले बर्दीसहित पसल छिरेर मोवाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् । मोवाइल व्यवसायीहरूको संस्था नेपाल मोवाइल व्यवसायी महासंघ विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ ।

विज्ञप्तिमा सुरक्षामा खटिएका प्रहरीबाटै मोवाइल चोरिएको घटना अपत्यारिलो भएको र मोवाइल व्यवसायीहरू असुरक्षित भएको उल्लेख गरिएको छ । महासंघले चोरीमा संलग्न दोषीलाई तत्काल सार्वजनिक गरी कारबाही गर्न माग गरेको छ ।कारबाहीमा लापरबाही गरिए कडा कदम चाल्ने चेतावनीसमेत महासंघले दिएको छ ।

यही माघ ६ गते राति लागू औषध कारोबार भइरहेको सूचना पाएको भन्दै अप्रेशनका लागि ग्लोबल मोबाइल ग्यालरीमा छिरेका प्रहरीले मोवाइल चोरेको सीसीटीभी फुटेजमा देखिन्छ ।

चोरीमा संलग्न भएका हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाल प्रकाउ परिसकेका छन् । उनीहरु दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४